खेल मनोरञ्जन

धोनीसँग सुशान्तको कहानी मिलेपछि..........

धोनीसँग सुशान्तको कहानी मिलेपछि..........
ms-dhoni-vs भदौ - ३१ । बलिउड नायक सुशान्तसिंह राजपूतले आफ्नो र धोनीको जिन्दगीमा धेरै समानता रहेको बताएका छन् । सुशान्तले आफ्नो करियरमा धेरै उताडचढाव भोगेपनि कहिल्यै डगमगाएनन् । आफ्नो लक्ष्यलाई गन्त्व्यमा पुर्याउनका लागि सायद उनले जोखिम उठाउने बानीमा पनि मुस्कुराउने गर्दछन् । भारतीय एक दिवसीय टिममा सामेल महेन्द्र सिंह ध्वनीको करियर पनि यस्तै रहेको छ । एक मामुली टिकट संकलकबाट क्रिकेटको शिखरमा पुग्ने ध्वनीको जीवनको बारेमा नीरज पाण्डेले आफ्नो फिल्म ‘एम एस ध्वनी’ 'द अनटोल्ड स्टोरी’ मा उतार्ने कोसिस गरेका छन् । यस फिल्ममा सुशान्तसिंह राजपूत धोनीको भूमिकामा देखिएका छन् । उनले यस फिल्मलाई आफ्नो जीवनको महत्वपूर्ण फिल्मको रुपमा हेरेको बताएका छन् । सुशान्तले उनको र धोनीको जिन्दगीमा रहेको समानताले उनलाई धोनीको भूमिका निर्वाहमा धेरै मद्धत पुगेको बताएका छन् । सुशान्तले धोनीको जिन्दगीको यात्रालाई आफ्नो यात्राको रुपमा सोचेको र यस्तो भूमिका उनलाई निर्वाह गर्न सजिलो भएको बताएका छन् । उनको र धोनीको व्यक्तिगत समानतालाई लिएर सुशान्तले भनेका छन् ‘हाम्रो काम गर्ने क्षेत्र फरक फरक हो तर नमूना भने एउटै हो हामीले अलग अलग क्षेत्रमा जोखिम उठाएका छौँ र सफलताको स्वाद पनि चाखेका छौँ ।’ उनका अनुसार एम एस धोनीको व्यक्तित्वबाट मानिसहरु यति परिचित छन् कि पर्दामा उनको बारेमा उतार्न अलिकति पनि कमी भयो भने ठूलो गल्ती सावित हुनेछ । धोनीबाट राम्रो मान्छे बन्न सिकेको सुशान्तको भनाई सुशान्तका अनुसार सुटिङको समयमा आफैँलाई धोनी सम्झिरहेको र धोनीबाट उनले राम्रो मान्छे बन्न सिकेको बताए ।पहिले कसैले पनि कल्पना गर्न सक्दैन थियो की बिहार, झारखण्ड जस्तो राज्यको साधारण केटा यस्तो ठूलो क्रिकेटर बन्न सक्छ । धोनीले मेहनत र लगामबाट यो सम्भव बनाएका हुन् । उनको जिन्दगी प्रेरणादायक छ । कठिन परिस्थितिमा पनि शान्त रहन उनीबाट सिकेको हुँ । सुुशान्तले भनेका छन्,‘सुटिङको समयमा मैले धोनीको साथमा धेरै समय बिताए । तब उनीसँग मैले यही सिके की कोही मानिसलाई सानो गाउँ या सहरबाट हुन केही फरक पर्दैन् । यदि तपाई इमान्दारीका साथ मेहनत गर्नै जानुहुन्छ भने सबै सम्भव छ । यस्तै म विहार पटनाको हु र मैले जुन उपाधि हासिल गरे योबाट के साबित हुन्छ भने मानिसलाई सहर भन्दा माथि उसको काम हुनुपर्छ । ’ ध्वनीको जीवनमा आधारित फिल्म ३० सेप्टेम्बरमा रिलिज हुदैछ ।

विशेष