खेल

म्यानचेष्टर युरोपा लिगको सुरुवातमै पराजित

म्यानचेष्टर युरोपा लिगको सुरुवातमै पराजित
manchester-city भदौ – ३१ । इङलिश फुटबल क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिगमा खराब सुरुवात गरेको छ । म्यानचेष्टर नेदरल्याण्डस्को फेयनुर्डसँग रोटरडम मैदानमा १–० ले पराजित भएको हो ।  फेयनुर्डका टोनी भिल्हेनाले ७९ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । होजे मौरिन्होले सम्हालेको टिमले अपराजित यात्रालाई निरन्तता दिने अपेक्षा गरिएको बेला प्रिमियर लिगमा घरेलु मैदानमै म्यानचेष्टर सिटीसँग हारेको म्यानचेष्टर युनाइटेडले युरोपियन क्लबको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा पनि खराब सुरुवात गरेको हो । युरोपा लिग फुटबलमा अर्को इङ्लिश क्लब साउथह्याम्पटनले भने चेक रिपब्लिकको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ ।

manchester city

विशेष