
भदौ – ३१ । आईफोनको सातौँ संस्करणको फोन अर्थात आईफोन सेभेन किन्न एक व्यक्ति २२ दिनसम्म लाइनमा बसेका छन् ।
अमेरिकाको न्युयोर्कमा एप्पल कम्पनीले भर्खरै ल्याएको फोनको पहिलो क्रेता बन्न व्यक्ति २२ दिनसम्म लाइनमा बसेको सिन्ह्वाले उल्लेख गरेको छ ।
अघिल्लो हप्तामात्र एप्पलले आफ्नो नयाँ फोन, आइफोन ७ सार्वजनिक गरेको हो ।
सो व्यक्तिको तस्बिर सिन्ह्वाले प्राथमिकताको साथ पोष्ट गरेको छ ।
सिन्ह्वाले यस्तै गरि अरु केही व्यक्तिहरु पनि टेन्ट राखेरै सडकमा ढुक्कसँग फोन किन्ने प्रतिक्षामा बसेको तस्बिर हालेको छ ।
iphone 7