खेल

सामाजिक सञ्जालमा पुरुषतर्फ रोनाल्डो पहिलो

सामाजिक सञ्जालमा पुरुषतर्फ रोनाल्डो पहिलो
ronaldo भदौ – ३१ । एप्पल ट्रि कम्युनिकेशनले गरेको अनुसन्धान अनुसार क्रिष्टियानो रोनाल्डो सामाजिक सञ्जालमा निकै चर्चित छन् । यसै बिच पोर्चुगलका कम्तान तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर रोनाल्डोका संसारमै दोस्रो स्थानमा बढी फलोअर्स छन् । पहिलोमा भने लोकप्रिय गायीका, रचनाकार तथा कलाकार टेलर स्वीफ्ट छिन् । दोस्रोमा रोनाल्डो रहेका हुन् । स्वीफ्टको २ सय ४६ मिलियन फलोअर्स हुँदा रानाल्डोका २ सय ३८ मिलियन फलोअर्सका साथ स्वीफ्टलाई पच्छ्याइरहेका छन् । रानोल्डो सामाजिक सञ्जालमा चर्चित मात्र नभएर प्रभावकारी पनि भएको अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालमा संसारको चर्चित पाँच मध्ये चार जना महिला मात्र छन् । पहिलो चारमा पर्ने एक जना मात्र पुरुष रोनाल्डो छन् । तस्रो नम्बरमा केट्टी पेरी छिन् । सेलेना गोमज चौथो नम्बरमा रहेकी छिन् । तथा पाँचौ नम्बरमा रिहाना छिन् ।

Ronaldo

विशेष