मनोरञ्जन

चलचित्र 'किङ'को प्रदर्शन मिति सर्‍यो

चलचित्र 'किङ'को प्रदर्शन मिति सर्‍यो
king-1 भदौ - ३१ । असोज २१ अर्थात दशैँको मुखमा पारेर प्रदर्शन हुने भनिएको चलचित्र 'किङ'को प्रदर्शन मिति सरेको छ । पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पर सारेको छ । फिल्मको रिलिज डेटको सम्वन्धमा निर्माता जयनले प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सार्न बाध्य भएको बताए । अब अनुकुल समय हेरेर फिल्मको रिलिज डेट तोक्ने पनि उनले जानकारी दिएका छन् । एक्सन लभ स्टोरी रहेको फिल्म ’किङ’मा निखिलको साथमा बेनिशा हमाल र अनुप बिक्रम शाहीको अभिनय रहेको छ । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । यही दिन अर्थात असोज २१ गते प्रदर्शनमा आउने निर्माता छविराज ओझाको ’किस्मत २’ लाई भने फाइदा पुग्ने भएको छ । चलचित्र किङ र किस्मत२ एकैदिन प्रदर्शनमा आउने मिति तोकिएको छ ।

king nikhil upreti

विशेष