प्रवास
उत्तर काेरियन दूतावासमा नेपालीहरुद्वारा विरोध प्रर्दशन
शुक्रबार, ३१ भदौ २०७३ गते प्रकाशित

भदौ–३१ । उत्तर कोरियाले केही समय यता गरिरहेको आणविक बम परीक्षणको थुप्रै देशहरुले विरोध जनाएका छन् । विरोध जनाउनेमा नेपाल पनि रहेको थियो ।
त्यसका साथै आज हरिहरभवन स्थित उत्तर कोरियाली दूतावास अगाडि एक घण्टा धर्ना दिइएको छ । कोरियाले गरिरेहेको आणविक बम परीक्षणको विरोध स्वरुप ब्युटिफुल माइन्ड ग्रामीण क्लबहाउसको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो ।
Nepali
South Korea