'क्रिश–४' मा ऋतिकले अभिनय गर्ने
भदौ – ३१ । अभिनेता ऋतिक रोशन अर्थात क्रिशको कथाले नियमितता पाउने भएको छ ।
क्रिश–३ सम्मको यात्रा पछि क्रिश–४ निर्माता राकेश रोशनले निर्माण गर्ने घोषणा गरेका हुन् । चाथौ सिक्वेल फिल्म क्रिश–४ मा पनि अभिनेताको रुपमा ऋतिक रोशनले नै निरन्तरता पाउने बताइएको छ ।
क्रिश–४ सन् २०१७ बाट सुटिङ गरिने र सन् २०१८ को क्रिशमसमा रीलीज गरिने निर्माता रोशनले जानकारी दिएका छन् । अभिनेता ऋतिक रोशनले पनि हिजो ट्वीट गर्दै क्रिश–४ बन्ने जानकारी दिएका छन् ।
चौथो सिक्वेल फिल्मको अभिनेत्री भने को हुने भनेर जानकारी गराइएको छैन ।
krish 4