आँखाको कालो धब्बा हटाउने घरेलु उपाय
असोज -१ । सामान्यतः शरीरमा पोषणको कमी, अनिन्द्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा बस्ने गर्छ । कतिपय धब्बा वशांणुगत हुन्छन् । यस्ता कालो धब्बा हटाउन मानिसहरु धेरै विशेषज्ञकहाँ धाउने गरेको र विभिन्न खाले क्रिमको प्रयाग गर्ने गरेको पनि पाइन्छ । घरायसी सामानको प्रयोगले पनि उक्त समस्यबाट मुक्त हुन सकिन्छ ।
— काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ ।
— काँचो आलुलाई काटेर लेप बनाउनुहोस, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् ।
— एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।
— कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने ।
— दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।
— गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।
— नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।
— राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने ।
— सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने ।
— पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने ।
— प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने ।
— एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने र १० मिनेटपछि पानीले सफा गर्ने ।
-एजेन्सी