खेल

मेसीका दाइलाई अबैध हतियार राखेको आरोपमा सजाय

मेसीका दाइलाई अबैध हतियार राखेको आरोपमा सजाय
भदौ–३१ । अर्जेन्टिनको एक अदालतले लियोनल मेसीका दाइ मटियास मेसीलाई अबैध हतियार राखेको भन्दै स्थानीय एक क्लबमा एक वर्षसम्म फुटबल प्रशिक्षण दिनुपर्ने स्थानीय अदालतले सजाय सुनाएको छ । matias-messi उनलाई अर्जेन्टिनाको प्रहरीले गत अक्टोबरमा रोसारियो सहरमा प्रहरी जाँचका क्रममा उनको कारबाट लाइसेन्स विनाको पेस्तोल सहित पक्राउ गरेको थियो । सजाय अनुसार उनले एक वर्ष सम्म हप्ताको चार दिन उक्त फुटबल क्लबमा प्रशिक्षण दिनका लागि जानु पर्ने छ । साथै अदालतले उनलाई ४ सय युरो जरिवाना पनि तोकेको छ। यस अघि सन् २००८ र २०११ मा पनि उनी अबैध हतियार राखेको भन्दै पक्राउ परेका थिए ।

Matias messi

विशेष