मनोरञ्जन

सलमान कट्रिना दाजु बहिनी हुने

सलमान कट्रिना दाजु बहिनी हुने
असाेज - १ । बलिउडका सुपरस्टार सलमान खान ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा है’ लिएर आउँदै छन् । फिल्ममा उनले ७० वर्षीया बृद्धाको भूमिका निर्वाह गर्दै छन् । चलचित्रमा सलमानसँगै मुख्य भूमिकामा कट्रिना कैफ पनि देखिदैँ छिन् । katrina-salman फिल्ममा कटरिना सलमानकी बहिनी बनेर खेल्न लागेकी हुन् । पछिल्लो समय कट्रिनाको चलचित्रले खासै सफलता पाएको छैन । बलिउड गसिप अनुसार कटरिना पुनः बलिउडमा जम्नका लागि सलमानसँग लबिङ गरिरहेकी छन् । यसैको परिणामस्वरुप कट्रिनाले ‘टाइगर जिन्दा है’ मा काम गर्ने मौका पाएकी हो भन्ने कुरा भारतीय मिडियाले जनाएको छ । नायक रणवीर कपूरसँगको ब्रेक अप पनि कटरिनाको करियरमा दरार आएको भन्ने अनुमान गरिएको छ । कुनै समयकी नम्बर वन् नायिका कटरिनाको यतिबेला बलिउडमा प्रभाव शून्य भएको छ । यसै वर्ष कटरिनाको दुई फिल्म ‘फितुर’ र ‘बार बार देखो’ फ्लप भए । उनको रणवीर कपुरसँगको चलचित्र जग्गा जासुस अर्को वर्ष रिलिज हुने भएको छ ।

Katrina Kaif salman khan

विशेष