पूजा र पलले जोडि बाँध्ने

असोज – १ । निर्देशक सुदर्शन थापाले नयाँ फिल्मको घोषणा गरेका छन् । चलचित्र ‘प्रेमगीत’को निर्देशक रहेका उनले प्रेमगीतकै गीतबाट फिल्मको नाम साभार गरेका हुन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु’ मा चर्चित मोडल तथा अभिनेता पल शाह र प्रेमगीतकी अभिनेत्री पूजा शर्माले जोडि बाँध्ने बताइएको छ ।
दुबईमा आयोजित एक समारोहमा निर्देशक थापाले फिल्म निर्माण र निर्देशनको घोषणा गरेका हुन् । सुदर्शन स्वयमकै कथा रहेको उक्त चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ ।
तिहार पछि फ्लोरमा जाने उक्त फिल्ममा पल र पूजासँगै अभिनेता सरोज खनाल नविन मानन्धरको समेत अभिनय देख्न सकिने छ ।
Pal Shaha
Pooja Sharma

