मनोरञ्जन यौन-शिक्षा

यौन सम्पर्क गर्दा कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गर्दा अस्पताल भर्ना

यौन सम्पर्क गर्दा कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गर्दा अस्पताल भर्ना

 भियतनामको एक जोडिले यौन सम्पर्कको बेलामा कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गर्ने क्रममा गम्भीर चोट लागेको छ । यि भियतनामी जोडी चोट लागेपछि राजधानी हनोइको अस्पतालमा भर्ना भएका छन् ।

 ति जोडिले यौन सम्पर्क गर्न अति नै मन लागेको तर कण्डम किन्न जान लाजलागेपछि कन्डमको विकल्पमा प्लाष्टिकको झोला प्रयोेग गरेका थिए । उनीहरुले गर्भ रहने डर तथा कन्डम खरिद गर्न जान लाज लागेकाले प्लाष्टिक प्रयोग गरेको बताएका छन् । उनीहरुले यस्तो प्लाष्टिकको प्रयोग गर्ने क्रममा यौनांगमा अत्यधिक घर्षण हुदा रगत रक्तश्राव समेत भएको बताइएको छ । भियतनामी पत्रिकाका अनुसार उनीहरुको यौनांगमा थप संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक दिएर उपचार जारी राखिएको छ । डाक्टरहरुका अनुसार प्लाष्टिकको झोला बाक्लो हुने हुदा यौन सम्पर्कका बेलामा योनांगमा कोतारिएर घाउ बनेको जनाएका छन् ।

भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमीका कारण यि जोडिले यस्तो गरेको बताइएको छ । भियतनाममा केही समयअघि गरिएको एक अध्ययनले यौन सम्पर्कको अनुभव संगालेका युनिभर्सिटीका अविवाहित विद्यार्थीहरुमध्ये केवल एक तिहाइले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गरेको देखाएको थियो भने बाँकी २५ प्रतिशतले आफुलाई कण्डम किन्न निक्कै लाज लाग्ने बताए ।

plastic sex

विशेष