ताजा खबर

सुनसरीमा डुंगा दुर्घटना ४० को उद्धार

सुनसरीमा डुंगा दुर्घटना ४० को उद्धार
असोज - ०१ । सुनसरीको महेन्द्र नगर ५बाट प्रकाशपुर ५ जाँदै गरेको यात्रुबाहक डुंगा शनिबार छालमा परी पल्टिएको छ । Koshi Byarej शनिबारका दिन प्रकाशपुरमा हाटबजार लाग्ने भएकाले क्षमताभन्दा वढी यात्रु रहेको स्थानीयले बताए । डुंगा पल्टिएको देख्ना साथ स्थानीय माझी रोजन राई र कविराज नेपालले २४–२५ जनाको उद्धार गरेका थिए । बेलुका सात साढे छ बजेसम्ममा ४० जनाको यात्रुको उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईँले नेपाल आजलाई बताए । बेलुका सात बजेबाट भने उद्धार कार्य स्थगित गरिएको छ । शिशु र आमाको सकुशल उद्धार गरिएको छ । अहिलेसम्म मृतकको शव नभेटिएको प्रजिअ चापागाईँले बताए । उक्त डुंगाको यात्रु क्षमता ४५ भए पनि यात्रुहरुको संख्या एकिन हुन सकेको छैन । उद्धारका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सयुक्त टोलीले बेलुका सात बजेसम्म उद्धार कार्य गरेको थियो । भारतबाट पनि सीमा सुरुक्षा बल उद्धार कार्यलाई सहयोग गर्न आएको थियो । उक्त डुंगा बिहान सवा एघार बजे दुर्घटना भएको प्रजिअ चापागाईले बताए ।

dunga durghatana saptakoshi sunsari

विशेष