मनोरञ्जन

चलचित्र ‘छक्का पञ्जा’ले ल्यायो मज्जा, दोस्रो साता पनि हाउसफुल

चलचित्र ‘छक्का पञ्जा’ले ल्यायो मज्जा, दोस्रो साता पनि हाउसफुल

chakka-panja

असोज २ । नेपाली चलचित्रलाई यति माया र साथ दिएको सायदै यो पहिलो पटक होला । भाद्र २४ गते रिलिज भएको फिल्म आज दोस्रो साता बितिसक्दा पनि हलहरु हाउसफुल भरहेका छन् । दाहोराई तेह्राई फिल्म हेर्न जाने दर्शकको चाप बढ्दो छ । त्यस्तै फिल हेर्न टिकट नपाएर पनि दर्शक हैरान छन् । दोस्रो सातासम्म चलिरहेको फिल्ममा दर्शकको क्रेज उत्तिकै छ ।

दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जाले शनिवारसम्म ५ करोडको व्यापार गर्ने आँकडा पार गरेका छ । नेपालमा पहिलो हप्तामा सबभन्दा बढि कमाई गर्न सफल भएको चलचित्र छक्का पञ्जाले इतिहास रचिसकेको छ । २० पटकसम्म दोहोराएर फिल्म हेर्ने दर्शक भेटेर दिपाश्री दङ्ग परेकी थिइन् ।

चाबहिलस्थित गोपीकृष्ण हलमा टिकट नपाएर दर्शकले नाराबाजी लगाउन थालेपछि निर्देशक दिपाश्री निरौलाले स्वयम गएर दर्शकलाई अरु शो हेर्न अनुरोध गर्नुपरेको थियो । त्यस्तैगरि मल्टिप्लेक्समा पनि दर्शकको ओइरो नै लागिरहेको छ ।

फिल्ममा दिपकराज गिरी, प्रियाङका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वर्षा राउत, नम्रता साप्कोटा लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘छक्का पञ्जा’ले राम्रो फिल्मलाई पक्कै दर्शकले माया गर्छन् भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

विशेष