अनुप र मलिनाको रियल जोडिलाई चलचित्रमा देख्न पाइने
असोज ०२ । नायक अनुप विक्रम शाही र पूर्व मिस नेपाल मलिना जोशी प्रेमी प्रेमीका भएको खबर बारम्बार मिडियामा आइरहन्छ । यद्यपी यी दुईले आफ्नो प्रेम जीवनबारे खुलासा भने गरिसकेका छैनन् । चलचित्र ‘रानी’बाट यी दुईले पहिलो पटक सँगै स्क्रिन सेयर गर्न लागेका हुन् ।
दयाराम दाहालको निर्देशनमा बन्न लागेको फिल्म ‘रानी’ मा भानु महर्जनको प्रस्तुति रहनेछ । फिल्ममा अनुप र मलिना सँगै सारुक ताम्राकार र मनिष श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा देखिदैँ छन् ।
सारुक र मनिषले यसै फिल्म मार्फत नायकको रुपमा नेपाली रजतपटमा डेव्यू गर्न लागेका हुन् । यम थापाको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी छ भने अर्जुन पोखरेल, विजय घिमिरे र निर्देशक दाहाल आफैंले संगीत दिएका छन् । यस अघि अनुपले हँसिया, ठमेल डट कम र वीर विक्रममा काम गरिसकेका छन् भने मलिनाले पनि ऋतु, झुम्कीजस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
anup bikram shahi
malina joshi