इतिहासमा आज

गणतन्त्र नेपालको पहिलो संविधान जारी भएको दिन

गणतन्त्र नेपालको पहिलो संविधान जारी भएको दिन

contituion

असोज ३ । गणतन्त्र नेपालकोपहिलो संविधान जारी भएका दिन आज अर्था असोज तीन गते । जनताले लेखेको संविधान २०७२ साल असोज ३ गते देशले नयाँ संविधान पाएको दिन हो । पहिलो संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरुप व्यवस्थापिका संसदले आइतबार पहिलो संविधान दिवस मनायो ।

संविधान दिवसको मूल कार्यक्रम आज हुनेछ । तर, तीन दिनसम्म दिवस विशेष रुपमा मनाउने सरकारको निर्णय अनुसार संसदले आइतबार नै दिवस मनाएको हो ।

संसदले आयोजना गरेको आइतबारको विशेष समारोहमाराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री प्रचण्ड, प्रधानन्यायाधीश, संवैधाकिन निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Constitution of Nepal

विशेष