बार्सिलोनाको कीर्तिमानलाई बराबरी गर्दै मड्रिडको लगातार १६ खेलमा विजयी

असोज–३ । स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो विजयी यात्रा कायम राख्दै बार्सिलोनाको कीर्तिमानलाई बराबरी गरेको छ ।
ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिडले स्पानियोललाई २–० ले हराएको छ । मड्रिडका लागि जेम्स रोड्रिग्वेजले पहिलो हाफमा र करिम बेन्जिमाले दोस्रो हाफमा गोल गरे ।
यसका साथै ला लिगामा रियल मड्रिडले बार्सिलोनाको लगातार जितको कीर्तिमानसँग बराबरी गरेको हो । स्पानियोललाई हराएसँगै मड्रिड लगातार १६ खेलमा विजयी भएको हो ।
गएको सिजनमा पछिल्ला १२ खेलमा विजयी भई यो सिजनका चार खेलमा पनि विजयी हुँदै बार्सिलोनाको कीर्तिमानलाई बराबरी गरेको हो । बार्सिलोनाले सन् २०१०–२०११ को सिजनमा लगातार १६ जित दर्ता गरेर कीर्तिमान रचेको थियो ।
जितपछि चार खेलबाट १२ अंक बनाएको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
Real Madrid
