फ्लुले ग्रस्त रोनाल्डोको स्वास्थ्यमा सुधार हुँदै

असोज–३ । स्पानियोलसँगको विजयी खेलमा रियल मड्रिड रोनाल्डो र बेल बिना नै मैदान उत्रिएको थियो ।
बेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत स्पोर्टिङ लिस्बोनसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । हिपको समस्याका कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहे ।
घुँडामा लागेको चोट निको भएर मैदान फर्किएका रोनाल्डो भने फ्लुले ग्रस्त भएका छन् । फ्लुकै कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहे ।
क्रिष्टियानो रोनाल्डोको स्वास्थ्यमा सुधार भने हुँदै आएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो स्वास्थ्यमा सुधार हँुदै गएको जानकारी दिएका हुन् ।
Bell VS Ronaldo
Ronaldo
