समाज

डा.गोविन्द केसीको अनशन एक हप्तापछि सर्याे

डा.गोविन्द केसीको अनशन एक हप्तापछि सर्याे
असाेज - ३ । डा. गोविन्द केसीले सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सोमबारदेखि अनशन बस्ने घोषणलाई एक हप्ता पछि सारेका छन् । केसीले पत्रकार सम्मेलन गरेर अनशन एक हप्ता पछाडि सारेका हुन् । Dr Gobinda KC सरकारले ४ मध्ये तीन बुँदा कार्यान्वयन गर्ने लिखित खाका प्रस्तुत गरेपछि केसीले अनशनलाई एक हप्ता सारेका बताए । केसीले विज्ञप्तिमा भनेका छन, ‘कार्यान्वयनका लागि थप केही समय दिन उचित हुने ठर्हयाएकाले आज सुरु हुने भनिएको आमशरण अनशन कार्यक्रम एक हप्तापछिलाई सारेको जानकारी गराउँछु ।’ उनले लिखित खाका प्रस्तुत गरिएको बुँदा कार्यान्वन प्रक्रियामा नगए र एक हप्ताभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया संसदले सुरु नगरे असोज १० गते ४ बजेदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

Dr. Gobinda Kc

विशेष