मनोरञ्जन

‘बाहुबली २’ को रिलिज मिति सर्ने

‘बाहुबली २’ को रिलिज मिति सर्ने
असोज – ३ । चलचित्र बाहुबलीको सिक्वेललाई लिएर दर्शकको कौतूहुलता बढिरहेको छ र उक्त फिल्मको विषयलाई लिएर धेरै समाचारहरु पनि बने । सुटिङ सकिसकेको समाचार पनि बारम्बार मिडियामा छायो । तर, वास्ताविकता अर्कै रहेछ । bahubali-prabhas करिब तीन महिनादेखि बलिउडमा चर्चा कमाईरहेको फिल्म बाहुबली २ तोकिएको मितिमा रिलिज नहुने बताईएको छ । त्यसमाथि भारतीय मिडियाले प्राथमिकताका साथ निर्देशक राजामौलीले फिल्मका ‘क्लाइमेक्स सिन’बाट खुसी नभएको खबर प्रसारण गरिरहेका छन् । यसले पनि बाहुबली–२ को रिलिज थप पछि सर्न सक्ने अनुमान गरिएको छ । निर्माता सोबु यारलागादाले यसका सुटिङ नसकिएको र छिट्टै सुटिङ सकिने योजना बनिरहेको बताएका छन् । एजेन्सी

bahubali 2 prabash

विशेष