देश

चट्याङ लागेर तीन बालककाे मृत्यु, दुई घाइते

चट्याङ लागेर तीन बालककाे मृत्यु, दुई घाइते
असोज - ३ । चट्याङ लागेर कोशी हरैचा १ बागझोडामा ३ जना बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । lightening photo घर नजिकै रहेको बासझ्याङमा खेलिरहेको अवस्थामा अकास्मात चट्याङ पर्दा ७ बर्षीय चिराग खुलाल, १४ बर्षका राउल सुब्बा र १२ बर्षका सन्देश उरामनको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । १० बर्षका आनन्द भट्टराई, ११ बर्षका रोजन भटटराई घाइते भएका हुन् । चट्याङ अाए लगत्तै बाहिर निस्किएर छोराहरुलाई खोज्दा सबै भुइमा लडिरहको अवस्थामा भेटिएको मृतकमध्ये चिरागका बाबु चन्द्रबहादुर खुलालले बताए । घाइतेलाई एम्बुलेन्स हालेर धरान ल्याएको घाइते आनन्द भट्टराईका बाबु राजेन्द्र भट्टराईले बताए ।   घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकष्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सुधार हुदै गएको उपचारमा संलग्न चिकित्सक डा. राजन पौडेलले जानकारी दिए । घाइतेकाे शरीरका सबै अंगमा करेन्ट प्रवाह हुने भएकोले यसले मुटु र किड्नीमा असर पार्न सक्ने स्म्भावना बढी हुने डा.पौडेलले बताए । दिउसो ३ बजेको समयमा अकस्मात आएको चट्याङले बासघारीमा खेल्दै गरेका ती बालकलाई चट्याङ लागेकाे थियाे । घाम लागिरहेकै अवस्थामा अकास्मात आएको चट्याङले त्यस स्थानको जमिन पुरै थर्काएको स्थानीयले बताए । मृतकमध्ये राउल सु्रब्बा र सन्देश उरामन सुकुना मावि विराटचौकमा कक्षा ७ र ६ मा अध्ययनरत थिए भने चिराग खुलाल सिद्धार्थ माविमा कक्षा ३ मा अ्रध्ययतरत थिए । यस्तै घाइते आनन्द भट्राई र राजन भट्टाराई भने सिद्धार्थ माविमा कक्षा ३ र ४ मा अध्यनरत थिए ।

Chatyang

विशेष