खेल

६ बलमा ६ छक्का प्रहार गर्ने युवराज र अन्य कीर्तिमानी खेलाडी

६ बलमा ६ छक्का प्रहार गर्ने युवराज र अन्य कीर्तिमानी खेलाडी
आजभन्दा ९ वर्षअघि सन् २००७ सेप्टेम्बर १९ को दिन आइसीसी टि–२० प्रतियोगितामा इङ्ल्यान्डविरूद्ध स्टुआर्ट ब्राडको ६ बलमा भारतका ब्याट्सम्यान युवराज सिंहले ६ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए ।   India's Yuvraj Singh celebrates his century during the Cricket World Cup match between India and West Indies in Chennai, India, Sunday, March 20, 2011. (AP Photo/Kirsty Wigglesworth) ब्राडको एक ओभरमा ६ छक्का हान्नु अघि युवराजको मैदानमै इङ्ल्यान्डका अर्का अलराउन्डर एन्ड्रयु फ्लिन्टफसँग झगडा भएको थियो । यसैको रिस युवराजले ब्राडको बलमा निकालेको मान्नेहरूको कमी छैन् । युवराजले ६ बलमा ६ छक्का हान्ने बनाएको कीर्तिमान क्रिकेट इतिहासको चौथो थियो । तर, टि–२० मा कुनै पनि ब्याट्सम्यानले बनाएको पहिलो घटना हो । उनले यही खेलमा १२ बलमा कीर्तिमानी अर्धसतक पूरा गरेका थिए जुन अझै पनि टी–२०मा कीर्तिमान नै रहेको छ । यस प्रतियोगितामा भारतले ५ विकेटको क्षतिमा २१८ रन बनाउन सफल भएको थियो । जुन लक्ष्य इङ्ल्याण्डले पछ्याउन सकेन र १८ रनले भारत विजयी भयो । ६ बलमा ६ छक्का हान्ने अन्य खेलाडीहरु १. सर गारफिल्ड सोबर्स – नोटिङह्यामसीर, १९६८ 1 अगष्ट ३१, १९६८ को दिन अल राउण्डर खेलाडी सर गारफिल्ड (ग्यारी) सोबर्सले इतिहास रचेका थिए । उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् । नोटिङह्यामसीरको कप्तानीमा उत्रेका सोबर्सले यो इतिहास ग्लामोर्गनको माल्कोल्म नास्विरुद्धको खेलमा रचेका थिए । लगातार पाँच वटा सजिलै छक्का प्रहार गरेका सोभर्सको छैटौँ प्रहार रोगर डेभिसको हातमा थियो । उनले प्रहार गरेको बल बाउण्ड्रि बाहिर पुगेपछि यो इतिहास रचिएको हो । यस कीर्तिमान अघि टेड एलेस्टनले एक ओभरमा ३४ रन बनाएको कीर्तिमान रहेको थियो । २. रवी शास्त्री– बम्बई, १९८५ 2 सर गारफिल्ड(ग्यारी) को कीर्तिमानी सफलतालाई पछ्याउने क्रममा १६ वर्षपछि भारतीय ब्याट्सम्यान रवी शास्त्रीले १९८५ मा लगातार ६ छक्का प्रहार गर्न सफल भए । उनले रान्जि ट्रोफि म्याज अन्तर्ग बम्बई र बारोडा बिचको खेलमा तिलक राजको बलमा कीर्तिमानी खेल खेल्न सफल भएका हुन् । उनले छिटो दोहोरो शतक प्रहार गर्ने इतिहास पनि रचे । यसका साथै शास्त्री ६ बलमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडीमा आफ्नो नाम इतिहासमा राखे । ३. हर्सचेल गीब्स्– दक्षीण अफ्रिका, २००७   3 दक्षीण अफ्रिकाका सुरुवाति ब्याट्सम्यान हर्सचेल गीब्स् एक दिवसीय अन्तराष्ट्रिय खेलमा लगातार ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने । उनले यो सफलता २००७ को विश्वकपमा नेदरल्याण्डका दान भन बुङको बलमा बनाएका हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गर्ने उनी तेस्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन् । ४. युवराज सिंह – भारत, २००७                                          ५. एलेक्स् हेल्स– नोटिङह्यामसीर, २०१५ 5 एलेक्स् हेल्स नोटिङह्यामसीरको लागि टी–२०मा वारविकसीर विरुद्धको खेलमा ६ लगातार छक्का हान्न सफल भएका हुन् । ११औँ ओभरमा बोएड रान्किनको चौथो बलबाट उनले लगातार तीन छक्का प्रहार गरे । त्यसपछि अर्को ओभरको दोस्रो बलबाट खेल्न पाएका उनले पुन तीन छक्का लगातार थपेर आफ्नो एतिहासिक सफलता हात पारे । उनले दुई छुट्टाछुट्टै ओभरबाट आफ्नो सफलता हात पारेका हुन् । प्रस्तुतीः विश्व रिमाल एजेन्सीको सहयोगमा

Cricket Yubaraj shing

विशेष