स्वास्थ्य

मिर्गाैला जोगाउने १० उपाय

मिर्गाैला जोगाउने १० उपाय

kidney असोज ४ । मृगौला फेल हुने मध्ये करिव ४० प्रतिशत मधुमेह रोगका विरामी हुने गरेका छन् । त्यसैले मधुमेह रोगका विरामीहरु मृगौला जोगाउन सधैभरि सतर्क अवस्थामा रहनु पर्दछ । त्यसकालागि खानपान र जीवनशैलिमा सचेतना अपनाउनु पर्दछ । मधुमेहको नियन्त्रणका औषधि र व्यायम जस्ता कुरामा ध्यान दिनुपर्छ । समयमै मृगौलाको परीक्षण तथा यसलाई सुरक्षित राख्न सकेमा मृर्गौला जोगाउन सकिन्छ । मृर्गाैला जोगाउने उपाय यसप्रकार छन् ।

१. शरीरलाई आवश्यकताअनुसार प्रशस्त पानी पिउनुपर्छ । २.धुम्रपान र मद्यपान देखि टाढा रहनुपर्छ । ३.चिल्लो पिरो तथा बढी मसालेदार खाना बार्नपर्छ तथा कम गर्नुपर्छ । ४.शारीरिक तौल व्यवस्थित गर्न बिहान नियमित व्यायाम गर्नु राम्रो मानिन्छ । ५.मिर्गाैलामा असर पार्ने डायबिटिज र ब्लडपे्रसर नियन्त्रणमा राख्नुपर्छ । ६.चिकित्सकसँग सल्लाह गरेर मात्र औषधी सेवन गर्ने गर्नुपर्छ । ७.वंशाणुगत रोगप्रति सचेत रहनुपर्छ । ८.पिसाब पोलेमा यसको परीक्षण गराउनुपर्छ । ९.तीन लिटर पिसाब फेर्ने गरी पानी पिउनुपर्छ । १०.वर्षमा एकपटक मिर्गाैलाको परीक्षण गर्नुपर्छ ।

Kidney

विशेष