मनोरञ्जन

रेखाले छोडेपछि भौतारिएका छविको शिल्पालाई रत्याउने अर्को पासा

रेखाले छोडेपछि भौतारिएका छविको शिल्पालाई रत्याउने अर्को पासा

Chabi

असोज ४ । नायिका रेखा थापाले सम्वन्धविच्छेद गरेपछि भौतारिएका सफल चलचित्र निर्माता तथा निर्देशक छविराज ओझा अब नायिका शिल्पा पोखरेललाई आफ्नो घरमा भित्र्याउन चाहान्छन् । यो आशय उनैले व्यक्त गरिसकेका छन् । आफ्नो करियर बनाउनका लागि शिल्पापनि कहिले छविको नजिक हुन्छिन् त ग्यासिप बढ्दै जाँदा फेरी तर्किने गर्दिछन् । आफु भन्दा तेब्बर उमेरको केटालाई कसरी जीवनसाथी बनाउने चिन्ता मात्र छैन शिल्पालाई कसरी सफल बन्ने चिन्ता छ ।

उता छविलाई भने अव शिल्पालाई कसरी घरवाली बनाउ भन्ने नै चिन्ताले दिनरात पोलिरहन्छ । त्यसैले शिल्पालाई जालमा पार्न केही न केही पासा थापिनै रहेका हुन्छन् । नायिकापछि रेखा थापालाई अभिनेत्रीदेखि निर्मात्रीसम्म बनाएका छविराज ओझाले अब रेखाले छोडेर गएपछि त्यही मार्गबाट शिल्पा पोख्रेललाई निर्मात्री बनाउने तरखरमा छन् । यो शिल्पालाई रत्याउने अर्कोजालको पासा हो भन्ने हल्ला नेपाली चलचित्र नगरीमा चर्चाको शिखरमा छ ।

योसँगै छविसँग नाम जोडिएर चर्चामा आइरहने शिल्पाको छविकै ब्यानरमार्फत निर्मात्री बन्ने भाग्य खुलेको छ । अब निर्माण हुने चलचित्र ‘हिफाजत २’ मा शिल्पा निर्मात्री अनि नायिकाको भूमिकामा देखिने भएकी हुन् । अरुको ब्यानरमा काम गर्नुभन्दा छविराज प्रोडक्सनमै पार्टनरसिपमा काम गर्न लागेको उनले बताएकी छिन् ।

सहकार्यमा काम गर्ने भएपछि छविले पनि शिल्पालाई आफ्नो प्रोडक्सनमार्फत निर्मात्री हुने अवसर दिने भएका छन् । अहिले यी दुईको विवाह हुने चर्चा बढेको छ । हल्लासँगै काम पनि बाँडफाँड भएको देख्दा यी दुईले साँच्चिकै विवाह गर्ने हुन् की भन्ने आशंकालाई बल पुगेको छ । हेरौँ शिल्पा रेखाकै बाटोबाट कहाँसम्म पुग्छिन् ।

chabi ojha

विशेष