विचित्र विश्व स्वास्थ्य

६ वर्षिय बालक गर्भवती !

६ वर्षिय बालक गर्भवती !

 एजेन्सी ।  ६ वर्षकै उमेरमा र त्यो पनि बालक गर्भवती भएको कुरा दुनियामा कहीँ कसैले नपत्याउने कुरा हो । तर भारतको वाराणसीमा भने एक ६ वर्षीय बालकको पेटमा मानव भ्रुण फेला परेको छ ।

बालकको पेटभित्र फेला परेको अविकशित भ्रणलाई डाक्टरहरुले शल्यक्रिया गरी निकालेका छन् । भारतको झारखण्ड गढवा निवासी रितेश नामक ६ वर्षिय बालकको पेट दुख्ने समास्या देखिएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

डाक्टरहरुले बालकको पेटमा ट्युमर रहेको हुनसक्ने अनुमान गरेका थिए । तर जब शल्यक्रिया गरियो तब पेटभित्र ट्युमर नभएर अविकशित मानव भ्रण फेला पर्यो । झण्डै २ घण्टाको शल्यक्रियापछि त्यसलाई बाहिर निकालिएको थियो ।

विशेष