हनी बीले अन्तर्राष्ट्रिय शान्ति दिवसमा काठमाडौंमा विशेष कार्यक्रम गर्ने
असोज ४ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा हनी बी फाउन्डेसले काठमाडौंमा विशेष कार्याक्रमको आयोजना गर्ने भएको छ ।
फाउन्डेसनका सभापति रमेश धितालद्वारा पत्रअनुसार २१ सेप्टेम्बर अर्थात असोज ५ गते बुधबार शान्ति दिवसका आवसरमा शान्ति यात्रा, शान्ति कन्सर्टको आयोजना गरिँदैछ । ‘दिगो विकासको लक्ष्यः शान्तिको लागि मजबुत सम्बन्ध’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा हनी बीले सांगीतिक, नृत्य र छलफल जस्ता कार्यक्रम तयार गरेको छ ।
बबरमहलस्थित कार्की बैक्वेटमा बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सांगीतिक कार्यक्रमको आयोजना गरिँदैछ । शान्ति यात्रा भने सोही दिन बिहान सातबजेदेखि ८ बजेसम्म हुनेछ । शान्ति र दिगो विकास भन्ने विषयमा अन्तरक्रियाका लागि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, काठमाडौंका स्थानीय विकास अधिकारी गोपाल अधिकारी, सैनिक पूर्वजनरल बालानन्द शर्मा, द्वन्द्व, शान्ति तथा विकासका विज्ञ प्रा.डा.हेमराज सुवेदी, संयुक्त राष्ट्र संघका प्रतिनिधि, योग तथा ध्यान गुरु डा. योगी विकासानन्द सहभागी हुनेछन् ।