खेल

सिलोङमा जारी ६४ औँ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा थ्रीस्टारकाे विजयी सुरुवात

सिलोङमा जारी ६४ औँ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा थ्रीस्टारकाे विजयी सुरुवात
असाेज - ४ । नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । Three_Star_Club सिलोङको नेहरु स्टेडियममा सोमबार राती सम्पन्न खेलमा थ्रीस्टारको जितमा अफ्रिकन खेलाडी कायोडी मार्टिनले दुई तथा निराजन खड्का, बुद्ध चेम्जोङ, शुनिल वल र कप्तान बिक्रम लामाले एक गोल गरे ।खेलको चौथो मिनेटमै निराजन खड्काको पासलाई सदुपयोग गर्दै मार्टिनले थ्रीस्टारको खाता खोले । २२ औ मिनेटमा बिमल घर्तिमगरको पासमा मार्टिनले हेड मार्फत दोस्रो गोल थपे । एकपछि अर्को आक्रमण बुनेको थ्रीस्टारका लागि ३९ औ मिनेटमा निराजन खड्काले तेस्रो गोल गरे । ४३ औ मिनेटमा थ्रीस्टारका डिफेन्डरको असझदारीको फाईदा उठाउदै नागाल्याण्डका इटिईबानाले एक गोल फर्काएका थिए । दोस्रो हाफपछिको थ्रीस्टारले थप सुधारिएको प्रर्दशन गर्यो । एक पछि अर्को आक्रमण बुन्दै थ्रीस्टारले दोस्रो हाफमा थप ३ गोल थप्यो । ५१ औ मिनेटमा बुद्ध चेम्जोङले तीन जना डिफेन्डरलाई विट गर्दै थीस्टारका लागि चौथो गोल गरे । ७३ औ मिनेटमा शुनिल वलले डि बक्सबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेल सकिन १० मिनेट बाकी छदा कप्तान बिक्रम लामाले मिडफिल्डबाट एक्लो प्रयासमा गोलकिपरलाई समेत विट गर्दै छैटौ गोल गरे । जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नया खेलाडीले पनि राम्रो खेले ।’ उनले भने ‘ खेलाडीको प्रर्दशनबाट म खसी छु ।’  कप्तान बिक्रम लामाले सोचे अनुसारको खेलाडीले प्रर्दशन गरेको बताए ।  थ्रीस्टारले आगामी शुक्रबार भारतीय आई लिग क्लब सिलोङ लाजोङसंग प्रतिस्पर्धा गर्नेछ ।

Three Star Football

विशेष