स्वास्थ्य

नियमित स्याउ खानुका फाइदाहरु

नियमित स्याउ खानुका फाइदाहरु
असोज ०४ । स्याउ स्वास्थ्यका लागि हितकारी तथा उपयोगी फल मानिन्छ । यो पौष्टिक तत्वले भरिपूर्ण फल हो । स्याउ रेसायूक्त फल हो । स्याउमा प्रशस्त फाइबरको मात्रा हुन्छ । स्याउ नियमित सेवन गर्नाले पाचन क्रियालाई सन्तुलित बनाउने गर्दछ । apple यसमा विभिन्न रोगहरुसँग लड्न सक्ने क्षमता हुन्छ । यो प्रायः सबै सिजन तथा सहज रुपमा पाइने फल हो । सामान्यतया स्याउ स्वादका लागि खाने गरे पनि यसको फाइदाको बारेमा जान्न सकेमा राम्रो हुन्छ । स्याउमा एन्टी अक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्दछ । जसले विभिन्न रोगबाट बच्न सहयोग गर्दछ । यसको नियमित सेवन गर्नु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । नियमित स्याउ खानुका फाइदा यस्ता छन् : १.स्याउनको सेवनले दाँत स्वस्थ रहन्छ । २.नियमित रुपमा स्याउ खानाले पर्किन्स, क्यान्सर,मधुमेह,अल्जाइमर आदि रोग लाग्नबाट बचाउँछ । ३.स्याउको सेवनले कोलेस्ट्रोलको मात्रा कम हुन्छ । ४.स्याउ खानाले मुटु स्वस्थ रहन्छ । ५.स्याउको सेवनले पित्तको पत्थरीबाट बच्न सकिन्छ । ६.नियमित रुपमा स्याउ खानाले डायरिया र कब्जियत हुनबाट जोगाउँछ । ७.स्याउ खानाले शरीरको तौल पनि नियन्त्रित हुन्छ ।

APple Health syau khanuka faida

विशेष