प्रधानमन्त्री प्रचण्डदेखि अध्यक्ष अाेलीले आश्वाशन दिएर न्याय नदिएपछि सडकको बास

असाेज - ४ । दीपा गौतम ६ वर्षदेखि हिरासतमा रहेका निर्दोष पतिलाई हिरासत मुक्त गर्ने माग गर्दै धर्ना बसेकी छिन । बानेश्वरस्थित ट्रलीबस अगाडि दीपाले मंगबारबाट दुई छाेरी विन्दिका र लतिकासहित धर्ना सुरु गरेकी हुन् ।
पतिलाई रिहाई नहुन्जेलसम्म धर्ना कार्यक्रम जारी रहने दीपाले बताइन् । ‘ धर्ना पछि जुलुस गर्छु, जुलुस गर्दा समेत नछुटाए न्यायको भिख मागेर सडकमै अनशन बस्छु ।' उनले भनिन् 'मर्नु परे पनि मर्छु तर अनशन तोड्दिन ।’
पति विश्नाथ गौतमलाई रिहाई गर्नको लागि दीपाले न्यायलयको ढोका देखि नेताको दैलौसम्म चहारिन । तर, उनले आफ्नो निर्दोष पतिलाई हिरासत मुक्त गर्न सकिनन् । न्यायलय तथा नेताको एउटै उत्तर छ ‘विश्नाथ निर्दोष छन् तर, ठगी मुद्धामा परेको व्याक्तिलाई छुटाउन मिल्दैन । ’ विश्वनाथ निर्दोष भएको र उनलाई फसाइएको कुरा प्रमाणित भईसकेको छ ।
६ वर्ष अघि दीपाको श्रीमान् विश्वनाथ गौतमलाई युनिटीको सञ्चालक भनेर पक्राउ गरिएको थियो । तर, गौतमलाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको छ । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले प्रमाणित गरिसकेको छ । गौतमलाई यूनिटीको सञ्चालक भनेर विगत छ वर्षदेखि नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन् ।
उनी निर्दोष भएको कुरा कम्पनी रजिष्ट्रारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपाले रुदैँ भनिन् ।
दीपाको प्रश्न प्रधानमन्त्री प्रचण्ड, पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल र अर्थमन्त्री सुरेन्द्र पाण्डलाई रहेको छ । उनी भन्छिन ‘मेरो पति निर्दोष देख्ने तपाईहरुले किन छुटाउन पहल गर्नुभएन ?’ दीपाका अनुसार सबै दलका नेताहरुले विश्वनाथ निर्दोष रहेको र छुटाउन पहल गर्ने बताए पनि आश्वाशन मात्र दिएका छन् । प्रचण्डले छुटाउन पहल गर्छु भने पनि प्रधानमन्त्री हुँदा समेत अरु नेताले जस्तो केही नगरेको दीपाको गुनासो छ ।
दीपाका अनुसार पति विश्वनाथ निर्दाेष भएपनि ठगी मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छाेड्ने फैसला गरेकाे छैन् । तर, यूनिटीका सञ्चालक भने छुटी सकेका छन् ।
गौतमका छोरीहरु आफ्नो निर्दोष बुबा जेलमा पर्दा आफूहरुले धेरै कष्ट भोगेको बताए । भन्छन् ‘पढ्ने तथा जागिर खाने समयमा न्यायको भिख माग्दै सडकमा बस्नु परेको छ, यो त हाम्रो निर्दोष बुबासंगै हाम्रो पनि मानव अधिकार हनन भयो ।’ उनीहरुले सरकारप्रति गर्दै भने, ‘देशमा ठूला–ठूला अपराधी तथा गुण्डाका नाइके खुलेआम हिँड्दा राज्य मौन छ । निर्दाेष व्यक्ति छ वर्षदेखि जेलमा छ, राज्यले किन रिहाइ गर्न सक्दैन ?’
http://nepalaaja.com/wp-admin/post.php?post=24872&action=edit
http://nepalaaja.com/wp-admin/post.php?post=26921&action=edit
प्रस्तुति : सागर बुढाथोकी
bindika gautam
deepa gautam
Dharna
latika gautam
rihai garna mag





