सोनीको फोरके इचडीआर एण्ड्रोइट टिभी सार्वजनिक
असोज – ४ । सोनी इलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज(इचडीआर) एण्ड्रोइड टिभीहरु सार्वजनिक गरेका छ । नेपालका लागि सोनी इलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंकले हिमालयन होटेलमा एक कार्यक्रम गरी जानकारी दिएको हो ।
कम्पनीले एचडीआर लाइनअप अन्तर्गत एक्स९३डी सिरिज, फोरके एचडीआर टिभी रेञ्ज, फुल एचडी टिभी अन्तर्गत इन्टरनेट र एक्सट्रो सिरिज टिभी सार्वजनिक गरेको छ ।
सार्वजनिक नयाँ टिभीहरु आधुनिक एचडीआर भिडियोका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । यसले उपभोक्तलाई उत्कृष्ट दृष्यका साथै उच्चस्तरिय आवाजको मज्जा दिने कम्पनीले जानकारी दिएको छ । यी टिभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रंग सम्प्रेषणको क्षमता राख्ने बताइएको छ ।
त्यसैगरी टिभीमा प्रयोग गरिएको एक्सवान फोरके प्रोशेसरले कलर म्यापिङ मार्फत प्राकृतिक रंग सम्प्रेषण गर्दछ । साथै टिभीले उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी गुणस्तरिया दृश्य सम्प्रेषण गर्न कम्पनीले जानकारी दिएको छ ।
ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । जसले गर्दा प्रयोगकर्ताले युएसबीको सहयोगबाट अतिरिक्त संचय क्षमताको प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ । साथै यो टिभीमा प्रयोगकर्ताले आवश्यकताअनुसार एप्लीकेशन डाउनलोड गर्न सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।
टिभीको आर्कषण डिजाइनले गर्दा घरको अतिरिक्त सजाटका लागि पनि उपयुक्त हुने बताइएको छ । साथै सोनी कम्पनीले तारको व्यवस्थापनलाई पनि विशेष ध्यान दिएको छ ।
कम्पनीले निकट भविष्यमा आरथ्रिडी सिरिज पनि सार्वजनिक गर्ने बताएको छ । कम्पनीका अनुसार आरथ्रीडी धुलो, आद्रता, चट्याङ, तथा विद्युतिय तरंगबाट सुरक्षित रहने छ । आर३२६डी मोडेलका टिभीहरु पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत संचालन हुन सक्ने कम्पनीको दाबी छ ।
Himalayan Hotel
Sony TV