समाज

नेपाली भाषा बचाउन अदालतमा निवेदन दायर

नेपाली भाषा बचाउन अदालतमा निवेदन दायर
असोज - ४ । नेपाली भाषा बचाउ अभियान २०७२ का संयोजक डा बलदेव शर्मा अधिकारीले मंगलबार सर्वोच्च अदालतमा परिवर्तित वर्णविन्यासका नियम, त्यसअनुसार प्रकाशित सामग्री बदर गर्न माग गर्दै उत्पे्ररण परमादेशको आदेश जारी गरिपाउँ भनी निवेदन दिएका छन् । nepali vasa उनले निवेदनमा १९९८ को मानव शब्दकोशअनुसार मूल लिपि र वर्णविन्यास रहने गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणलाई विकल्प मानी तदनुसारको लिपि र वर्णविन्यास लागू गर्न गराउन माग गरे । उनले दिएको निवदेनमाथि भोलि बुधबार नै पेशी राखिने बताइएको छ । उक्त निवेदनमा नेपाल सरकारलगायत १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाइएको छ । यसअघि अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले पनि सोही विषयमा दायर गर्नुभएको निवदेनमा पनि डा अधिकारीको शोधप्रबन्ध तथा उनले तयार गरेकाे अभियान २०७२ को अवधारणापत्रलाई नै प्रमाण मानिएको थियो । सो निवेदनमा नेपाल सरकार, शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाइएको थियो ।

Dr Baldebh Sharma Adhikari Nepali Bhasha Nepali Sabdakosh

विशेष