खेल

श्रीकुमारी २० अंक बटुल्दै शीर्ष स्थानमा

श्रीकुमारी २० अंक बटुल्दै शीर्ष स्थानमा
असाेज - ४ । बी डिभिजन फुटबलअन्तर्गत मंगलबारको खेलमा श्रीकुमारी क्लबले सातदोबाटो क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा श्रीकुमारीले सातदोबाटो क्लबलाई पाँच शून्य गोलअन्तरले हराएको हो । त्यस्तै सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा भएको खेलमा टुसाल क्लबले मध्यपुर युथ क्लबलाई दुई एका गोल अन्तरले पराजित गरेको छ । यस्तै च्यासल क्लबले महाबिर क्लबलाई एक शून्य गोल अन्तरले पाखा लगायो । आजको जीत संगै श्रीकुमारी ९ खेलबाट २० अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने च्यासल युवा क्लब १९ अंकका साथ दोस्रो स्थानमा छ ।  

B division Shreekumari

विशेष