भारतीय क्रिकेटर अजय जडेजा नेपाल आउने

असाेज - ४ । भारतीय क्रिकेटर अजय जडेजा एभरेस्ट प्रिमियर लिगको फाइनलमा सहभागी हुन नेपाल आउने भएका छन् ।
भारतीय पूर्व क्रिकेटर ४५ वर्षीय जडेजा एभरेस्ट प्रीमियर लिगको फाइनलमा उपस्थित हुन नेपाल आउने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टलेले जानकारी दिएको हो । प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित राष्ट्रिय टिमका खेलाडी विनोद भण्डारी, शक्ति गौचन, वसन्त रेग्मी र शरद भेषवाकरको कप्तानीमा रहेको ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता असोज ८ देखि १७ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुनेछ ।
Ajay jadeja
