देश

वन्यजन्तुको शिकार गरेर फरार तीन शिकारी पक्राउ

वन्यजन्तुको शिकार गरेर फरार तीन शिकारी पक्राउ
असोज – ४ । बर्दिया राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको शिकार गरेर फरार रहेका २ जना शिकारी मंगलबार पक्राउ परेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाको नेतृत्वमा गएको टोलीले फरार शिकारीहरु बाँसगढी नगरपालिका १ कुरुले बस्ने भिमबहादुर घर्ती र चेपाङ्ग गाउँका मंगले कामीलाई पक्राउ गरेको हो । siakri भदौको पहिलो साता निकुञ्जको गस्ती टोली र शिकारीबिच निकुञ्जको भासतालदेखि पूर्व घट्टे कुलो नजिकै गोली हानाहान भएको थियो । गोली हानाहानपछी शिकारीहरु ५० किलो वन्यजन्तुको सुकुटी, १ थान भरुवा बन्दुक, मोबाईल लगाएत बन्दोबस्तीका सामान जंगलमै छाडेर भागेका थिए । घरमै बसीरहेको अवस्थामा शिकारीलाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत थापाले बताए । घटना स्थलमा बरामद भएको मोबाइलको आधारमा निकुञ्जले फरार शिकारहरुको निगरानी गरिरहेको थियो । ‘हामीले निरन्तर पिछा गरिरहेका थियौँ, उनीहरु घर आएको सुचना पाए लगत्तै पक्राउ गर्यौ,’ प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले भने । शिकारी समूह अन्य फरार ६ जनाको पनि पहिचान भइसकेको निकुञ्जले जनाएको छ । फरार रहेकाहरुमा बाँसगढी नगरपालिका १ कुरुले बस्ने जाजरकोटी काइला भनिने लोकबहादुर पुन, झुक्लेपी बस्ने मानसीँह पुन, सेते परियार, पुजारु माइला भनीने सेतु पुनमगर, खटै बस्ने रेशम बादी र राझा सिमलकुनाका गंगाराम बिक छन् । तिनिहरुको पनि खोजी भइरहेको छ । पक्राउ परेका २ जना शिकारीहरुलाई निकुञ्ज मुख्यालयमा राखी थप अनुसन्धान भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । यसैबिच बन्यजन्तुको चोरी शिकार गरेको अभियोगमा ०६६ सालमा १० हजार जरीवाना सहित ६ महिना कैद फैसला भएको र हालसम्म फरार रहेका धधवार ८ का मधुसुधन चौधरीलाई पनि आजैै पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

Bansgadhi Bardiya Rastriya Nikunj Shikari

विशेष