समाज

शव आउँदा पनि खुसी हुनु पर्ने कस्तो नियती !

शव आउँदा पनि खुसी हुनु पर्ने कस्तो नियती !

human_body_in_cofin_299719812

असोज ५ । आफन्तको शवले रुवाउँछ । पीडा दिन्छ तर विडम्बना रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव वर्षौपछि आउँदा खुसी हुनुपर्ने अवस्था छ ।

बाँके सीतापुरका एक परिवारमा त्यही भयो । सीतापुर ७ का २० वर्षीय हर्षबहादुर खत्री वैदेशिक रोजगारीका लागि साउदी अरब गए, सन २०१० मा । सन २०१२ मार्च ३ मा सवारी दुर्घटनामा मृत्यु भयो । त्यसयता उनको शव त्यहींको अस्पतालमा छ ।

चारवर्षदेखि अलपत्र शवलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नेपाल ल्याउन पहल थालेपछि आफन्त खुसी छन् । उनीहरु मृतक हर्षबहादुको अन्तिमपटक भए पनि मुख हेर्ने आसमा छन् । चार वर्षदेखि छोराको शव अरबको अस्पतालमा अपत्र छ, यसको शव आउने खबरले आस जागेको छ,–बुबा वीरबहादुरले भने, ‘शव आए परिवार आफन्त सबैले एकपल्ट मुख हेर्न पाउने छन् । –कान्तिपुर दैनिकबाट

विशेष