समाज

छोरी समान बालिकालाई जबर्जस्ती गरेको आरोपमा कर्णेल प्रेमकुमार थापा कठघरामा

छोरी समान बालिकालाई जबर्जस्ती गरेको आरोपमा कर्णेल प्रेमकुमार थापा कठघरामा

Rape

असोज ५ । बढुवा हुनेबित्तिकै यौन दुराचारमा परेका महासेनाली प्रेमकुमार थापामाथि कोर्ट अफ इन्क्वायरीमा दोषी ठहरिएर अन्तिम कारबाही स्वरुप कोर्टमार्सल शुरु भएको छ ।

सहायक रथी रघु भण्डारीको अध्यक्षतामा जनरल सैनिक अदालत गठन भएको हो । यसले सामान्य यौन दुराचारको मात्र कुरा हो भने जागिर खुस्काउन सक्छ । तर, नाबालिक बलात्कृत नै भएकी हुन् भने सिभिल अदालतमा केस रिफर गर्ने सम्भावना पनि जीवितै छ । इटहरी बस्दा प्रेम थापा र महेन्द्र महर्जन एउटै ब्याचका भएको कारण मित्रता त थियो नै, पछि पत्नीहरुबीच भएको १८–२० लाखको लेनदेनका कारण झगडा बढेर यो हदसम्मको आरोप प्रत्यारोप भएको प्रेम पक्षको दाबी छ ।

प्रेमकी पत्नीले चिफलाई रोइकराई गर्न खोजे तापनि समय पाएकी छैनन् । सैनिक श्रीमती संघलाई पनि भेट्न खोजिन तर उनीहरुले अहिलेसम्म भेट दिएका छैनन् । महेन्द्र विदेशमा रहेको मौका पारी पैसा नतिर्ने दाउ निकाल्दै महर्जन पत्नीले यस्तो आरोप लगाएको प्रेम परिवारले सफाइ दिए पनि जाबो त्यति पैसाको लागि कुनै आमाले आफ्नी बालिका छोरीको इज्जत नै दाउमा त कसरी लगाउँछन् र भन्दै उनीहरुको दाबी पत्याइएको छैन । सिभिल अदालतमा केस नपठाए पनि प्रमेका जागिसम्म खुस्कने सम्भावना बढेको बताइन्छ । जनआस्था साप्ताहिकबाट

विशेष