स्वास्थ्य

लाईट बक्स बिधिबाट यौन सन्तुष्टि !

लाईट बक्स बिधिबाट यौन सन्तुष्टि !

light-box

असोज ५ । चम्किलो प्रकाशमा एक्सपोज हुँदा पुरुषहरुमा उच्च यौन सन्तुष्टि हुने एउटा नयाँ अध्ययनले देखाएको छ । इटालीस्थित युनिर्भसटी अफ सियनाका वैज्ञानिकहरुका अनुसार लाईट बक्सको प्रयोग गरेर न्यून यौन चाहना भएका पुरुषहरुले उच्च सन्तुष्टि लिन सक्ने दाबी गरेका हुन् ।

प्रकाशमा एक्सपोज गर्दा धेरै हदसम्म यौन सन्तुष्टि मिलेको अध्ययनमा उल्लेख छ । प्रकाशलाई यौन उपचारको माध्यमको रुपमा प्रयोग गर्नुअघि अझै बढी अनुसन्धानको आवश्यक भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यौन चाहना नभएका ३८ पुरुषहरुमा अनुसन्धानकर्ताहरुले परीक्षणमार्फत अध्ययन गरेका थिए ।

सहभागीलाई समूहमा विभाजन गरिएको थियो । समूहका आधा मानिसलाई लाईट बक्सद्धारा उपचार गरिएको थियो । जबकी अर्को आधालाई अलिक थोरै प्रकाशदिने लाईट जडान गरी उपचार गरिएको थियो । उनीहरुलाई दुई सातासम्म दैनिक सबेरै आधा घन्टा सोही प्रकाशमार्फत उपचार गरिएको थियो ।

तीन सातापछि अनुसन्धानकर्ताहरुले सहभागीको यौन चाहना परीक्षण गरेका थिए । जसअनुसार चम्किलो प्रकाशमा एक्सपोज गरिएका सहभागीको यौन चाहना तीन गुणा बढेको थियो । जबकी कम उज्यालोमा एक्सपोज हुनेमा भने कत्ति पनि परिवर्तन भएको थिएन ।

सक्रीय प्रकाशको उपचार बिधि पाएका सहभागीको टेस्टोस्टेरोन हम्रोनको तह उल्लेख्य बृद्धि भएको थियो २ दशमल १एनजी-एमएल बाट ३ दशमलब ६ एनजी-एमएल पुगेको थियो । तर न्यून प्रकाश पाउनेमा भने कुनै परिवर्तन देखिएको थिएन । बढ्दो मात्रामा टेस्टोस्टेरोनको तहको अर्थ उच्च यौन सन्तुष्टि भएको प्राध्यापक एन्ड्रिया फागिओलिनीले बताए ।

लाईट थेरापी समेत भनिने यो विधिमा लाईट बक्स नाम गरेको विशेष प्रकाशको प्रयोग गरिन्छ । एउटा लाईट बक्समा निकै चम्किला प्रतिदिप्त ट्युब हुन्छ । यो ट्युबमा घरमा बालिने बत्ति भन्दा दश गुण बढी प्रकाशको तीब्रता हुन्छ ।

सामान्यतया यो प्रकाश सिजनल एफेक्टिभ डिसर्अर्डर (एसएडी) (जाडो समयमा प्राकृतिक प्रकाशको अभावमा उत्पन्न हुने डिप्रेसन) उपचारमा प्रयोग हुन्छ । बिरामीले लाईट बक्समा हेर्छ । प्रकाशले आँखाको पछाडिपट्टी हिर्काउदा दिमागको पछाडि सन्देश प्रबाह हुन्छ, जसले निन्द्रा, भोक, यौन चाहना, तापक्रम, मुड र गतिविधि नियन्त्रण गर्छ ।

एजेन्सीको सहयोगमा

Light box

विशेष