इतिहासमा आज

अन्तर्राष्ट्रिय शान्ति दिवस

अन्तर्राष्ट्रिय शान्ति दिवस

international-peace-day असाेज ५ । आज अन्तर्राष्ट्रिय शान्ति दिवस आज । ’दिगो शान्ति स् राष्ट्र विकासको आधार’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । युद्ध र हिंसाको अवस्थालाई अन्त्य गर्दै विश्व शान्तिको सन्देशसहित देश र मानिसहरुबीच शान्तिका आदर्शलाई बलियो बनाउन समर्पित दिनका रुपमा शान्ति दिवस मनाउने गरिएको छ ।

सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभाले आह्वान गरे अनुसार सन् १९८२ देखि शान्ति दिवस मनाउन थालिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाईंदै आएकोमा सन् २००२ देखि सेप्टेम्बर २१ मा मनाउने गरिएको छ । नेपालमा २०६५ सालदेखि शान्ति दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शान्ति तथा पुननिर्माण मन्त्रालयले प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा दिवस मूल समारोह गर्दैछ । दिवसका अवसरमा सन्देश दिंदै शान्तिमन्त्री सितादेवी यादवले फरक विचार, मूल्य, मान्यता राख्ने समूहहरुका विचारहरुलाई साझा हितमा परिवर्तन गरी सद्भाव, मेलमिलाप र सहकार्यको माध्यमबाट दीगो शान्ति कायम गर्नु आजको आवश्यकता भएकोमा जोड दिएकी छन् ।

लामो समयको द्वन्द र त्यसपछिको संक्रमणकालले गर्दा शान्तिप्रतिको चाहना अझ मजबुत हुँदै गएको भन्दै मन्त्री यादवले शान्ति मन्त्रालय दीगो शान्ति कायम गर्ने दिशामा निरन्तर प्रयत्नशील रहेको पनि उल्लेख गरेकी छन् ।

Amnasty International International Day

विशेष