मनोरञ्जन

वानपीस च्यातिएपछि...

वानपीस च्यातिएपछि...

एजेन्सी– आफूले लगाएका छोटा पहिरनले ढाक्न नसकेर भित्री वस्त्र देखिँदा तथा यस्ता पहिरन च्यातिँदा अभिनेत्रीहरु बेलाबेलामा लज्जित हुने गरेका छन् ।

 

यसै क्रममा बलिउडकी अभिनेत्री सुरबिन चावलाले प्रदशनीको तयारीमा रहेको आफ्नो फिल्म पाच्र्डको प्रचारका लागि मुम्बईमा आयोजित पत्रकार भेटघाटमा यस्तै समस्या झेल्नुपर्यो ।

 

लीना यादव निर्देशित यो फिल्मका तीन अभिनेतृहरु राधिका अप्टे, सुनबिन चावला र तनिष्ठा चटर्जी पत्रकार भेटघाटमा उपस्थित थिए । मेचमा बस्ने क्रममा सुरबिनले लगाएको पहिरन ‘वान पिस’ तलबाट कम्मरसम्म च्यातियो ।

 

सुरुमा उनले आफ्नो कपडा च्यातिएको थाहा पाइनन् । सो दृश्य देखेर लज्जित भएका पत्रकारले उनलाई उठर आफ्नो इज्जत जोगाउन आग्रह गरेपछि सुरबिन मेचबाट उठिन् ।

 

त्यतिबेला एक पत्रकारले उनको सो दृश्य नखिच्न आफ्ना साथिहरुलाई आग्रह गरेपछि अरुले खिच्ने काम रोकेका थिए । च्यतिएको भागलाई तत्कालै हातले छोप्दै सुरबिनले त्यहाँबाट भागिन् । यसरी लज्जास्पद हुने गरी वानपिस च्यातिएपछि सुरबिनले फिल्ममा आफ्नो भूमिकाबारे जानकारी दिन पनि भ्याइनन् ।

Surveen Chawala

विशेष