खेल

एकै खेलमा ४३ गोल खाने गोलकिपरविरुद्ध मुुद्दा दायर

एकै खेलमा ४३ गोल खाने गोलकिपरविरुद्ध मुुद्दा दायर
असोज – ५ । फुटबलमा गोलकिपरको काम गोलपोस्टमा आएको बललाई पोस्ट भित्र छिर्नबाट रोक्नु हो । एक गोलकिपरलाई धेरै पटक आफ्नो गोलपोस्टमा गोल भएको घटनाले पक्कै पनि मन कुटुक्क पार्छ । goal-keeper तर जर्मनीको एक तल्लो लिगमा भने एक गोलकिपरले एकै खेलमा ४३ गोल खाएका छन् । भर्खरै जर्मनीमा भएको एउटा लिगमा कसैले कल्पनै नगरेको कीर्तिमान कायम गर्ने क्रममा पिएसभी ओबेरहाउसेन क्लबले एसभी भोन्डेरोर्टलाई ४३–० गोलले पराजित गर्यो । यतिका धेरै गोल खाने २५ वर्षीय गोलकिपर मार्को कोइटक विरुद्ध अपराधको मुुद्दा दायर भएको छ । जर्मनी पत्रिका एक्सप्रेसका अनुसार ओबेरहाउसेनले पहिलो हाफमै भोन्डेरोर्टलाई ३५ गोल गरिसकेको थियो । जसका कारण दोस्रो हाफपछिको खेलमा भोन्डेरोर्टको ३ खेलाडी मैदानमा प्रवेश गर्न मानेन् र क्षेत्रमा ८ खेलाडी मात्र देखा परे । खेल सकिएको ५ दिनपछि डोर्टमुन्डदेखि ३० माइल पश्चिममा पर्ने बोट्रोपमा अभ्यासरत रहेको बेला छानबीनका लागि प्रहरीले मार्कोलाई लगेको हो र सोधपुछको जानकारी भने प्राप्त भएको छैन ।

football Goal kipper Jermani marko koitak

विशेष