मनोरञ्जन

क्यामेरा देखेपछि ऐश्वर्याकी छोरी आराध्य डराइन

क्यामेरा देखेपछि ऐश्वर्याकी छोरी आराध्य डराइन

असोज ५ । चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनकी छोरी आराध्य क्यामेरा देखेपछि डराएकी छिन् । अभिनेत्री ऐश्वर्या र उनकी छोरी आराध्य दुबईमा बिदा मनाएर मुम्बई फर्केका थिए । मुम्बईम पत्रकारहरुले फोटो खिच्न थालेपछि आराध्य डराएकी हुन् ।

 ऐश्वर्या विमानस्थलमा झर्ने वित्तिकै पत्रकारले फोटो खिच्न थालेका थिए । आफ्नो छोरी आरध्य डराएपछि ऐश्वर्याले फोटो पत्रकारलाई फोटो नखिच्न आग्रह गरेकी थिइन् । यस अघि भने आरध्याले रमाउदै क्यामेरा समातेको भारतीय सञ्चार माध्यमले बताएका छन् । आइतबार भने आराध्य असाध्यै डराएकी हुन् । आरध्य क्यामेराको लाइटले डराएको हुन सक्ने अनुमान लगाइएको छ ।

AAradhya rai Airport aishwarya rai bolleywood

विशेष