प्रवास

युएईमा स्थापित सयभन्दा बढी नेपाली संघसंस्था बन्द हुने अवस्थामा

युएईमा स्थापित सयभन्दा बढी नेपाली संघसंस्था बन्द हुने अवस्थामा
असोज – ५ । युएईमा खुलेका सयभन्दा बढी नेपाली संघसंस्था बन्द हुने भएका छन् । युएई सरकारले एउटा देशबाट बढीमा पाँच वटा मात्र सामाजिक संघसंस्थाहरु पक्रिया पुर्याएर खोल्न पाउने नियम लागू गरेपछि नेपालका गाउँटोल, जिल्ला, जातिलाई प्रतिनिधित्व गर्दै खुलेका संघसंस्थाहरु संकटमा परेका हुन् । uae1 युएईको स्थानीय सञ्चारमाध्यमका अनुसार संघसंस्था स्थापना गर्न पक्रिया पुरा गरेर अनिवार्य रुपमा सामुदायिक विकास मन्त्रालयमा दर्ता भएपछि मात्र अबदेखि मन्त्रालयले लाइसेन्स दिनेछ । संस्था खोल्न संस्थाको उद्देश्य, संस्थाको नाममा बैंक अकाउन्ट, सदस्य संख्या, संस्थाको कार्यलय र कर्मचारी अनिवार्य गरिएको छ । यी नियम पूरा गर्न नेपाली संघसंस्थालाई कठिन छ । संघसंस्थाहरु अवैधानिक रुपमा सञ्चालन गरेको भेटिएमा दुई हजारदेखि दश हजार युएई दिराम जरिवाना तिराउने मन्त्रालयले जनाएको छ । विभिन्न देशका संघसंस्थालाई व्यवस्थित गर्न यो नियम लागू गरेको युएईले जनाएको छ ।

Banda Nepali sangsasta UAE

विशेष