देश

वृद्धा भत्ताका लागि बैंक खाता खोल्न जाँदा ८४ वर्षीय वृद्धाको मृत्यु

वृद्धा भत्ताका लागि बैंक खाता खोल्न जाँदा ८४ वर्षीय वृद्धाको मृत्यु
असोज – ५ । वृद्धा भत्ताका लागि बैंकमा खाता खोल्न जाँदा तेह्रेथुममा एक ८४ वर्षीय वृद्धाको बाटैमा मृत्यु भएको छ । फिदिम ६ की चोकमागुकी हिरामाया तुम्बापोको मृत्यु भएको हो । death-main वृद्धा हिरामायालाई साथीहरुसँग माहिलो छोरा कुवेरथाथ तुम्बापोले फिदिम बजार तर्फ स्ट्रेचरबाट बोकेर ल्याउँदै गर्दा बुधबार १० बजे बाटो चोकमागुको जोरकुलो डाँडामा पुर्याउँदा उनको मृत्यु भएको हो । बुधबारकै दिन मृतक हिरामायाका श्रीमान ८७ वर्षीय भुवानसीं तुम्बापोको भने बैक खाता खोलिएको छ । फिदिम नगरपालिकाले यस आर्थिक वर्षदेखि वृद्ध–वृद्धाले वैंक मार्फत भत्ता पाउनको लागि खाता खोल्न अनिवार्य गराएको थियो । यस्तो व्यवस्थाले बैंक आसपासका लागि खासै असुविधा नभएपनि दुर्गमवासी वृद्धवृदाले भत्ताको नाममा सास्ती पाइरहेको स्थानीयले बताउँछन् । आफूहरुलाई विना कष्ट घरघरमै सरकारबाट प्राप्त हुने सुविधा उपलब्ध गराउने व्यवस्था गरे ठूलो राहत पुग्ने चोकमागुका वृद्धहरुको भनाइ छ ।

Deat Old women death

विशेष