समाज

हिन्दू धर्म र हिन्दु राष्ट्र नेपालीको पहिचान होः पूर्वप्रधान सेनापती कटवाल

हिन्दू धर्म र हिन्दु राष्ट्र नेपालीको पहिचान होः पूर्वप्रधान सेनापती कटवाल
असोज – ५ । पूर्व प्रधान सेनापती रक्मांकद कटुवाले वर्तमान समयमा केहि नेपालका अविवेकी नेताहरु तथा अन्य तत्वहरुले यसलाई भत्काउन सक्ने कुरामा नेपाली होसियार हुनुु पर्ने बताए । नेपाल मानव धर्म सेवा समितिको सद्गूूरुदेव श्री सतपालजी महाराजको जन्मोत्सब समारोहको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । rukmant-katuwal-1 धर्म र संस्कृति हाम्रो धरोहर भएकाले यसको संरक्षण र सम्बर्दन गनुपर्नेमा जोड दिए । उनले धर्म र संस्कृति हाम्रो धरोहर भएकोले यसको संरक्षण र सम्बर्दन गर्नुु हाम्रो कर्तब्य भएको बताए । उनले भने ‘हिन्दू धर्म र हिन्दु राष्ट्र नेपालीको पहिचान र गौरवको हो,’ उनले भने ‘हिन्दू राज्यभित्र सबै भाषा, धर्म र सस्कृतिको आस्था राख्ने समुदायको अनुकुल उनीहरुको सम्मान र स्वतन्त्रता रहेको छ ।’ puja-2 नेपाल मानव धर्मका प्रेणता सद्गूरुदेव सतपाल जी महाराजको ६६ औं जन्मोत्सब समारोह देशका ६७ आश्रममा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिले देशभर संचालन गरेको वृहत रक्तदान कार्यक्रममा ९२८ जनाले रक्तदान गरेका छन् । अञ्चल स्तरिय आश्रमा गरिएको कार्यक्रममा दुईसम्म रक्तदाताले रक्तदान गरेको केन्द्रिय कार्यकर्ता सागर कटवालले जानकारी दिए । puja-1 यसै धर्म र सस्कृतिमा कलम चलाउने पत्रकारहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेमा गोरखापत्रका पूर्व सम्पादक कमल रिजाल, लेखक तथा साहित्यकार गोपीकृष्ण ढुुङगाना, गौरी मासिकका सम्पादक अर्जन लामीछाने, ओमकारवाणी मासिकका प्रधान सम्पादक अरुण पाण्डे, रेडियो कान्तिपुरका लोकप्रिय धार्मिक कायक्रम संचालक अच्युुत प्रसाद सुुवेदी रहेका छन् । समारोह कार्यक्रममा सस्थाका अनुुभवि सत्त महात्मा चमेली बाइजी र लता बाइजीले धार्मिक प्रवचन दिएका थिए ।  

Pawan Janmotsab Rukmangat katuwal

विशेष