दसैँका लागि १०० ट्रक चिनियाँ स्याउ नेपाल भित्रने

असोज - ५ । बडा दसैँका लागि फलफूल आपूर्ति गर्न व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताए ।
यस्तै दसैँका लागि व्यापारीहरुले ल्याएका लत्ताकपडा लगायतका सामान बोकी आएका सयौँ ट्रक कन्टेनरको भन्सार परीक्षण प्रक्रिया सुरु भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रासस
Chinese apple