समाज

पूजाको प्रसाद खाँदा ७ बिरामी

पूजाको प्रसाद खाँदा ७ बिरामी

Myagdi असोज ६ । म्याग्दीको बेनी नगरपालिका–४ खबरामा एकाह पूजाको प्रसाद खाँदा सातजना बिरामी परेका छन् । खबराका विशाल सापकोटाले लगाएको एकाह पूजामा खाएको रोटी, तरकारी प्रसादले उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उनीहरुलाई पखाला लाग्ने, पेट दुख्नेलगायतका समस्या देखिएको र जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

Puja

विशेष