मनोरञ्जन

वीरगन्जबाट सुरु भयो फेरि अर्को आन्दोलन

वीरगन्जबाट सुरु भयो फेरि अर्को आन्दोलन

andolan

असोज ६ । वीरगन्ज र आन्दोलन एकअर्काको पर्यायझैं भइसके । गत वर्ष यहाँ भएको सात महिना लामो मधेस आन्दोलनले सिंगो मुलुक नै प्रभावित भएको थियो । यसै पृष्ठभूमिमा बुधबार वीरगन्जमा अर्को ‘आन्दोलन’ सुरु भएको छ ।

तर यसपटक अर्को मधेस आन्दोलन नभई भोजपुरी कथानक फिल्म हो । शिवकरण फिल्म्स प्रालिको प्रस्तुति ‘आन्दोलन’ (एक प्रेम कथा) को यहाँस्थित अलख अतिथि सदनमा बुधबार शुभमुहूर्त गरियो ।

सद्दाम हुसेन र सोनु अख्तर गरी दुई नायकले डेब्यु गर्ने यो फिल्ममा भोजपुरी फिल्मकी स्थापित नायिका तनु चटर्जी र नेपाली फिल्मकी नायिका बिनु खड्का पनि देखिनेछन् । सहकलाकारहरूमा नन्दु श्रीवास्तव, आनन्द चतुर्वेदी, घनश्याम गिरी, शिवजी विश्वकर्मा लगायत छन् ।

Andolan Flim

विशेष