मनोरञ्जन

मुन्ना भाइको जेलजर्नलः झोला बनाउन सिकेको खुलासा

मुन्ना भाइको जेलजर्नलः झोला बनाउन सिकेको खुलासा
असोज - ६ । म जेलमा हुँदा मेरी श्रीमती मान्यताले मेरा लागि जति गरिन् उनका लागि मैले त्यसको सानो अंश पनि गरे जस्तो लाग्दैन । उनकै कारण मैले जीवनमा श्रीमतीको महत्व महशुुुस गंरे । उनले मलाई एउटा घर दिइन् । यति मात्र होइन् उनले दुःखको समयमा मलाई पनि बलियो बनाइन् । मैले बच्चाहरुलाई जेलमा आउने स्वीकृति दिइनँ । तर,म घर आइसकेपछि उनीहरु असाध्यै खुशी भए । उनीहरु म देखि डराउँदैनन् । किनकी, म उनीहरुलाई धेरै अनुशासनमा राख्न खोज्दिन् । म यति मात्र चाहान्छु– मेरा बच्चाहरु राम्रो मान्छे बनुन् । sanjayduttjail759 जेलमा मैले भागवद, गीता, रामायण र पुराण पँढे । मराठी भाषा पनि सिँके । व्यायामका लागि त्यँहा बाल्टिन र डोरी प्र्रयोग गर्थे । मैले जेलमा कागजको झोला बनाउन सिकेँ । यसबाहेक त्यहाँ रेडियो स्टेसनमा पनि काम गरेँ । जेलको नाटक मण्डलीमा रहेको ६०-७० जना कैदीलाई अभिनय गर्न सिकाएँ । जेलमा हुने अधिकांश कैदी पेशेवर हुँदैनन् । उनीहरु त सयम र परिस्थितिवश गल्तीका कारण अपराधमा संलग्न हुन्छन् । मैले पनि गल्ती गरेको थिए । मैले जिम्मेवार हुनुपथ्र्याे र त्यतिखेर म युवा थिएँ । मैले आफ्नो गल्तीको सजाय भोगिसकेँ र त्यहाँबाट अगाडि बढिसकेँ । अहिले पछुतो लाग्छ, त्यतिखेर मैले आफ्ना आमाबाबुको भनाइ किन माँनिनँ होला । उहाँहरुले भन्नुभएको थियो–‘पक्राउ परेपछि कानुनको पालना गर । मैले मानिनँ । तर, म सजायबाट पनि भागिनँ ।’ अहिले सजाय काटेर इज्जतसाथ बाहिर आएको छु । मैले जेलमा विशेष सुविधा पाएका कुरा पनि नउठेको होइनन् । जसमा पेरोल पनि पर्छ । यो मुद्दा उठ्ता मैले १८ वर्ष काटिसकेको थिए । त्यसैले मैले यो सुविधा लिन सक्थे । हरेक दिन हजारौँ जेलमा फिर्ता हुन्छन् । उनीहरुबारे कोही केही भन्दैनन् । तर, मैले पेरोलको सुविधा लिँदा सबैको चासोको विषय बन्यो । यो स्टारडम पनि दुइधारे तरबार जस्तो हो । मैले सबै परिस्थितिको सामना गरेँ र अब त्यो समय पछाडि छुटिसकेको छ । जेलको रेडियो स्टेसनमा मेरो भेट जिशान र डा. समिरसँग भयो । उनीहरु प्रतिभाशाली मान्छे हुन् । तर, अहिले सजाय भोगिरहेका छन् । उनीहरुले मलाई आइडिया सुनाए । मैले त्यस आइडियालाई स्क्रिप्टमा बदल्न उनीहरुलाई प्रोत्साहित गरेँ । उनीहरुले लेखेको स्क्रिप्ट मैले साजिद फरिहादलाई दिइसकेँ । यसलाई कलाकारको छनोट गर्नेछौँ । फिल्ममा हामी युवा कलाकारलाई लिनेछौँ । २५ फेव्रुअरीका दिन जेलबाट बाहिर निस्कँदा मेरो बायोपिक बनाइरहेका निर्देशक राजु हिरानीले एउटा सट लिए । म त्यतिखेर अचम्ममा परेको थिएँ । के सट लिइयो भनेर मलाई थाहै भएन् । मलाई त यो पनि थाहा छैन् कि फिल्ममा म छु कि छैन् । डिसेम्बरमा सुरु हुने फिल्मका लागि राजु अहिले पनि काम गरिरहेका छन् । उनीसँग मेरो नौ सय घण्टाको कुराकानी हुन्छ । जसबाट उनलाई साढे दुई घण्टाको फिल्म बनाउनु छ । फिल्मको पहिलो ड्राफ्ट तयार नहुँदासम्म उनी मसँग कुरा गर्न चाहन्नन् ।

Jail sanjay datt

विशेष