मनोरञ्जन

करिनाले मनाइन आफ्नो ३६ औँ जन्मदिन

करिनाले मनाइन आफ्नो ३६ औँ जन्मदिन

karina-kapoor

एजेन्सी — बलिउड नायिका करिना कपूर खान बुधबारबाट ३६ वर्ष लागिन् । बलिउडकी ‘बेबो’ भनेर चिनिने करिनाले आफ्ना केही नजिकका सहपाठीहरुसँग बसेर जन्मदिन मनाईन् ।

करिनाको परिवारले उनको जन्मदिनलाई यादगार बनाउन कुनै पनि कसर छोडेनन् । उनका पति सैफ अलि खानले जन्मदिनको पार्टी राखेका थिए । जँहा कपूर र खानहरुको जमघट देखियो । करिनाका साथीहरु अम्रिता र मलाईका अरोरा पनि त्यहाँँ उपस्थित थिए ।

कालो पहिरनमा करिना निकै खुलेकी थिइन् । उनका काकाका छोरा रणवीर कपूर पनि समारोहमा निकै रमाएका थिए र फोटो खिच्नमा उनी निकै व्यस्त रहेको भारतीय मिडियाले जनाएको छ । हाल करिना गर्भवती छिन् । आउँदो डिसेम्बरमा सैफ र करिनाको पहिलो सन्तानको पर्खाई मेटिनेछ ।

Karina Kapoor

विशेष