स्वास्थ्य

अमलाका खानुका फाइदा यस्ता छन्

अमलाका खानुका फाइदा यस्ता छन्
असोज ६ । अमला सर्वसाधारणको पहुँचमा रहेको जतासुकै पाउने फल हो । यो हामी नेपालीहरुले जहाँ पनि देखेको हुन्छौ र खाइरहेका पनि हुन्छौ । तर यसको महत्वाबारे धेरैलाई थाहा नहुनसक्छ । यसले हाम्रो शरीरका विभिन्न रोगहरु निदान गर्न समेत भूमिका खेल्छ । हाम्रा ज्ञानेन्द्रीयहरुमा देखा पर्ने विभिन्न कमजोरी र रोगहरु न्यून गर्न समेत भूमिका खेलेको हुन्छ । अमलालाई जस्तो स्वरुपमा खाएपनि यसको लाभ कहिल्यै पनि कम हुँदैन् । अमलाका फाइदाहरु यस्ता रहेका छन् : amala १. बेसारको धुँलोसँग अमला आएमा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ । जुन डायबेटिजका बिरामीका लागि फाइदा हुन्छ । २.मुटु रोग लागेकाहरुले दिनमा तीन ओटा अमला खाने गरेमा मुटु रोगको जोखिम कम हुन्छ । ३.रुघाखोकी लागेको बेलामा तीन ओटा अमला गाईको दुधसँग खाएमा निको हुन्छ । यदि कडा खालको रुघाखोकी लागेको भएमा अमलामा मह मिसाएर खाएका राहत मिल्छ । ४.अमलाको रसमा मह मिसाएर खाएमा पिसाब पोल्ने समस्या हटेर जान्छ । ५.पत्थरी भएका मानिसले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म खाएमा राहत मिल्छ । ६.कपाल झर्ने समस्या भएकाहरुका लागि अमलाको सेवन लाभदायक हुन्छ । अमलामा पाइने भिटामिन सीले कपाल बलियो बनाई झर्नबाट जोगाउँछ । ७.बेलुका सुत्ने बेलामा पानीमा अमलाको रस मिलाएर खाएर सुत्दा पेट सफा हुनुका साथै पाचन शक्ति बढ्छ । ८.स्वर बसेको छ भने पनि यसको निदानका लागि अमलाको रस खाँदा राम्रो हुन्छ । ९.गर्भवती स्त्रीको लागि अमला अति आवश्यक छ । यसले मुहारमा निखार ल्यान मद्धत गर्छ । १०.यसले बुढ्यौलीलाई पनि पर सार्न मद्धत गर्दछ । २ चम्चा रोटीसँगै खाने गरेमा यसले बुढ्यौलीलाई हटाएर जवानी देखाउन ठूलो मद्धत गर्दछ ।

amala faida

विशेष